मदरल्याण्ड स्कुलमा प्रशिक्षण र बधाई कार्यक्रम सम्पन्न

205

-राजेश खड्का

साउन ११,
भक्तपुर । मदरल्याण्ड स्कुलले हरेक वर्ष विद्यार्थी तथा अभिभावकहरुको लागि छुट्टाछुट्टै अभिमुखिकरण कार्यक्रम गर्दै आएको छ । शुक्रबार गुरु पूर्णीमाको दिन “जीवनको सहि बाटो” शिर्षकमा अध्ययनरत कक्षा ५ देखि कक्षा १० र २०७४ को एसईई उत्तीर्ण विद्यार्थी समेत गरी विद्यार्थीहरुलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रीय ख्यातिप्राप्त मनोपरामर्शकर्ता रविन कटवालले प्रशिक्षण दिएका छन् । कार्यक्रमका प्रमुख अतिथि सूर्यविनायक नगरपालिका वडा नं ९ का वडाध्यक्ष उपेन्द्र केसीले उज्वल शैक्षिक भविष्यकालागि विद्यार्थीहरुलाई शुभकामना दिएका छन् । स्कुलले यस्तो कार्यक्रमको आयोजना गरेकोमा विद्यालय परिवार प्रति आभार प्रकट गर्दै एसईई २०७४ उत्तीर्ण भाइबहिनीहरुलाई आउँने समयमा सफलताको शुभकामनाका साथ मायाको चिनो प्रदान गरेको प्रार्चाय सन्जय खड्काले जानकारी दिएका छन् ।