Sunday, September 20, 2026
Home राजनीति प्यूठान रास्वपा संयोजक सुवेदीले पार्टी परित्याग गरे

प्यूठान रास्वपा संयोजक सुवेदीले पार्टी परित्याग गरे

26

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्यूठान संयोजक सुमन सुवेदीले पार्टी परित्याग गरेका छन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै सुवेदीले आफू पार्टीबाट अलग भएको उल्लेख गरेका हुन्।

‘आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि जिम्मेवारीमा आफू नरहेको जानकारी गराउन चाहन्छु,’ उनले लेखेका छन्, ‘आफू जिम्मेवारीमा हुँदा पदको कहीँ कतै पनि दुरुपयोग नहोस् भन्ने कुरामा अत्यन्तै सजक रहेँ। तैपनि कहीँ कतै केही कमजोरी भएको भए यहाँहरू सबैसँग माफी माग्न चाहन्छु। समाज, मेरो बुझाइ र मेरो स्वभाव कहीँ कतै केही समस्या अवश्य छ, त्यसैले मलाई म पार्टीगत राजनीतिको लागि योग्य होइन भन्ने लाग्यो।’

सानो मान्छेलाई ठूलो पद झन् बेस्सरी भारी भएको उनले उल्लेख गरेका छन्। आसन र भाषणमा मात्रै रमाउन मनले नमानेको पनि उनले बताएका छन्। ‘यस दौरान केही आशा गरेर गुनासो गर्नेहरू थुप्रै भेटिनुभयो, मैले कसैको पनि गुनासो सुन्ने बाहेक केही गर्न सकिनँ। यो नै मेरो सबैभन्दा ठूलो कमजोरी रह्यो,’ उनले भनेका छन्।