Sunday, September 20, 2026
Home राजनीति गण्डकी प्रदेश : कांगेसले बैठक बहिष्कार गर्ने

गण्डकी प्रदेश : कांगेसले बैठक बहिष्कार गर्ने

35

काठमाडौं : नेपाली कांग्रेसले गण्डकी प्रदेशसभाको बैठक बहिष्कार गर्ने भएको छ। सर्वोच्च अदालतबाट भएको अन्तरिम आदेश, संविधान र विद्यमान कानुनको बेवास्ता गरिएको भन्दै कांग्रेसले बैठक बहिष्कार गर्ने भएको हो। शुक्रबार कांग्रेस गण्डकी प्रदेश संसदीय दलको बैठकले सर्वोच्च अदालतबाट मुद्दा किनारा नलाग्दासम्म बैठक बहिष्कार गर्ने निर्णय गरेको हो। बैठक बहिष्कार गर्नेबारे संसदीय दलले गरेको निर्णयको जानकारी कांग्रेसले सभामुखलाई दिइसकेको छ। सर्वोच्चले मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारलाई नियमित कार्य सञ्चालन बाहेकका काम र दीर्घकालीन असर पर्ने निर्णयहरू नगर्न अन्तरिम आदेश दिएको थियो। प्रदेशसभाको बैठक आजै दिउँसो ३ बजेका लागि बोलाइएको छ। केन्द्रमा फेरिएको गठबन्धनसँगै गण्डकी प्रदेशमा पनि सरकारको नेतृत्व फेरिएको थियो। मुख्यमन्त्री अधिकारीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्‍यवस्था छ।