Sunday, September 20, 2026
Home समाचार जन्ती बोकेको जीप दुर्घटना, एक जनाको मृत्यु

जन्ती बोकेको जीप दुर्घटना, एक जनाको मृत्यु

77
यो पुरानो तस्विर हो ।

प्युठान । प्युठानको ऐरावती गाउँपालिका -२, बरौलामा जन्ती बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बरौलाबाट बेहुली लिन सदरमुकाम खलंगातर्फ जाँदै गरेको लु ३ च ६८४७ नम्बरको जीप बिहीबार बिहान दुर्घटनामा परेको हो। दुर्घटनामा मल्लरानी गाउँपालिका -३ का वडा सदस्य ५२ वर्षका दामोदर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए

उनका अनुसार नाच्दै गाउँदै हिंडिरहेका जन्तीलाई जीपले ठक्कर दिएको थियो। एक्कासी टायर पन्चर भएर अनियन्त्रित हुँदा जीपले ठक्कर दिंदा ५ जना घाइते भएका र उनीहरुको जिल्ला अस्पताल बिजुवारमा सामान्य अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको हो ।