Wednesday, September 23, 2026
Home अर्थ सिस्टमको समस्या समाधान भएसँगै खुल्यो सेयर कारोबार

सिस्टमको समस्या समाधान भएसँगै खुल्यो सेयर कारोबार

38

काठमाडौं : प्राविधिक समस्याका कारण खुल्न नसकेको आजको सेयर कारोबार झण्डै २५ मिनेट ढिला गरी खुलेको छ। दैनिक बजे खुल्नुपर्ने सेयर कारोबार सिस्टममा समस्या आएपछि खुल्न सकेको थिएन। नेप्सेका प्रबक्ता मुराहरि पराजुलीका अनुसार सिस्टमको समस्या समाधान भएसँगै ११:२५ देखि सेयर कारोबार खुलेको हो।सेयर कारोबार खुलेर नियमित कारोबार खुले पनि नेप्सेको वेबसाइट भने अझै डाउनमै छ। नियमित समयमा कारोबार नखुल्दा लगानीकर्ता करिब २५ मिनेट कारोबार गर्नबाट बञ्चित भएका छन्। विगतका विभिन्न समयमा पनि नेप्सेको सिस्टममा समस्या आउने र समाधान हुने गर्दै आएको छ।