Friday, September 18, 2026
Home राजनीति अनेरास्ववियु बागमती प्रदेश कमिटी अध्यक्षमा लालबहादुर बुढाथोकी

अनेरास्ववियु बागमती प्रदेश कमिटी अध्यक्षमा लालबहादुर बुढाथोकी

72

काठमाडौं : नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु बागमती प्रदेश कमिटीको अध्यक्षमा लालबहादुर (एलबी) बुढाथोकी चयन भएका छन्। शनिबार हेटौंडामा सम्पन्न कमिटीको प्रथम अधिवेशनले बुढाथोकीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो। अधिवेशनले बुढाथोकीको नेतृत्वमा ९ पदाधिकारीसहित ५१ सदस्यीय कमिटी गठन गरेको छ।कमिटीको ३ उपाध्यक्षमा क्रमशः युवराज दाहाल, अच्युत उप्रेती, निशा पुडासैनी चयन भए। सचिवमा प्रकाश कालाखेती, सहसचिवमा प्रशान्तजंग पाण्डे, पवन तामाङ र जिप छिरिङ शेर्पा चयन भएका छन्। कोषाध्यक्षमा अमृत बर्तौला र कार्यालय सचिवमा लक्ष्मण सिलवाल चयन भए।