रोजगारीका लागि बेलायत जान ७१ जना नर्स छनोट

29

काठमाडौं : वैदेशिक रोजगार विभागले रोजगारीका लागि बेलायत जान आवेदन दिएका मध्ये ७१ जना नर्सको नाम छनोट गरेको छ।
िभागले रोजगारीका लागि बेलायत जान आवेदन दिएका ७ सय ७१ जनाको लिष्टबाट ७१ जना छनोट गरेको हो। आवेदनका लागि आवश्यक कागजपत्र पूरा गरेकाहरुको नाम छनोट गरिएको विभागले जनाएको छ। नर्सको योग्यता र अनुभवका आधारमा सूची तयार पारिएको हो। आवेदन दिँदा कम्तिमा ३ वर्षको नर्सिङ कोर्स पीसीएल नर्सिङ वा बीएन सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने प्रावधान राखिएको थियो। योसँगै कम्तिमा दुई वर्षको कार्यानुभव र अंग्रेजी भाषामा दख्खल भएको हुनुपर्ने भनिएको थियो। गत जुलाईमा दुई देशबीच नेपाली नर्स बेलायत लैजाने सहमति भएको थियो।