पालिका परिचयः बकैया गाउँपालिका, मकवानपुर

168

काठमाडौं ।  हामीले पालिका परिचयमा आज बकैया गाउँपालिका मकवानपुर जिल्लाको रहेको छ । यस पालिकाको अध्यक्षमा धर्मराज लामिछाने र उपाध्यक्षमा भक्त बहादुर खत्री हुनु हुन्छ । महेश श्रेष्ठ प्रमुख प्रशासकीय अधिकृत रुपमा कार्यरत हुनु हुन्छ । यस गाउँपालिकामा १२ वटा वडाहरु रहेको छ ।

बकैया गाउँपालिकाको संक्षिप्त परिचय :

बकैया गाउँपालिका ३९३‍.७५ बर्ग किलाेमिटर क्षेत्रफलमा फैलिएकाे छ । मकवानपुर जिल्लाकाे दक्षिण पूर्वि भागमा अवस्थित छ । यस गाउँपालिकाको केन्द्र बकैया-३, हात्तीसुँडेमा रहेकोे छ । यो तह मकवानपुर जिल्लाका ५ वटा साविकका  गा. वि. स. हरुलाई मिलाएर वनाइएको हो । यस गाउँपालिका अन्र्तगतका साविक गा. वि. स. हरुमा धियाल, छतिवन, शिखरपुर, मन्थली र ठिंगन छन् । भौगोलिक रुपमा विकट भएकोले आवश्यक पूर्वाधारको अवस्था कमजोर नै छ । शिक्षा, स्वास्थ्य, गरिवी तथा अन्य सुचकहरु कमजोर देखिन्छ । तामाङ् जातिको उच्चतम वसोवास यस क्षेत्रमा पाउन सकिन्छ ।

समावेश भएका साविकका  गा.वि.स.हरु   धियाल, छतिवन, शिखरपुर, मन्थली र ठिंगन गा.वि.स.

केन्द्र: साविकको छतिवन गा.वि.स. , वडा संख्या:१२

सीमाना: पूर्व: वाग्मती गाउँपालिका    पश्चिम: हेटौडा उ.म.न.पा. र मकवानपुरगढी  गाउँपालिका   उत्तर: ललितपुर जिल्ला  र भिमफेदी गाउँपालिका     दक्षिण:रौतहट र बारा जिल्ला  रहेको छ ।