काठमाडौं । आज साताको पहिलो दिन सेयर बजार १०.२३ अंकले बढेको छ । बजार १९४२.६८ विन्दुमा पुगेर रोकियो । यो ०.५२ प्रतिशतको वृद्धि हो । आइतबार २७६ धितोपत्रको ३३ हजार ६४ वटा कारोबारबाट ४३ लाख १४ हजार ४१७ कित्ता सेयर किनबेच भएको छ । आइतबार १ अर्ब ७ करोड २२ लाख १२ हजार ४१८ रुपैयाँको कारोबार भएको छ । आइतबार जलविद्युतबाहेक सबै उपसूचकहरु बढेको छ । आइतबार सूर्योदय वामी लघुवित्त, सुभम पावर, न्यादी हाइड्रो, मेन्छियाम हाइड्रोको सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ ।














