प्रथम बार्षिकउत्सवको अवसरमा अजोड इन्स्योरेन्सको रक्तदान कार्यक्रम

184

असार २०,
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले सुन्धारा स्थित सिटिसि महलमा शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । आफ्नो प्रथम वार्षिकउत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र कम्पनीका प्रबन्धक दिपक पोखरोलले रक्तदान कार्यक्रममा सहभागी भएर उक्त कार्यक्रम सुरु गरिएको थियो । कम्पनीका सिईओले खत्रीले रक्तदाताहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

कम्पनीका सिईओ खत्रीले भने हामीले कम्पनीको प्रथम बार्षिकउत्सवको अवसरमा यस कार्यक्रम आयोजना गरेका हौ । साथै हामी सोमबार सरकारी विधालयमा स्टेशनरी साम्रगी वितरण गर्ने सोचमा छौ । एक बर्षको अवधिसम्म आईपुग्दासम्म हामी जुन स्थानमा छौ । यसमा हामी सन्तृष्ट नै रहेको उनले बताए ।