जगातीमा मोटरसाइकल दुर्घटना: बनेपा घिमिरेगाउँकी महिलाको मृत्यु

4650
सांकेतिक तस्विर

भक्तपुर । भक्तपुर जगातीमा मोटरसाइकल दुर्घटना हुँदा काभ्रेपलान्चोक जिल्ला बनेपा नगरपालिका-२ घिमिरे गाउँकि एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुर एसपी प्रजित केसीका अनुसार नबिना काफ्ले घिमिरेको उक्त दुर्घटना मृत्यु भएको हो  ।

घटना विवरण यस्तो छ:

मिती २०८०।०५।२२ गते १९;३९ बजेको समयमा जि.भक्तपुर सुर्यविनायक न.पा.८ आदर्श भक्तपुर फ्युल सेन्टर अगाडी जगाती बाट सुर्यविनायक तर्फ जादै गरेको बाग्मती प्रदेश -०२-०२३ प २८५९ नं को मो.सा.र विपरित दिशा तर्फ आउदै गरेको प्रदेश नं ३ -०२-००२प ६९३ नं को मो.सा.एक आपसमा ठक्कर खाई ६९३ नं को मो.सा. अनियन्त्रित भई सुर्यविनायक बाट जागाती तर्फ आउदै गरेको बाग्मती प्रदेश ०३-००१ ख २४११ नं को टेलर गाडीमा समेत ठक्कर खाएको ।

सवारी दुर्घटना हुदा ६९३ नं को मो.सा.पछाडी सवारी जि.काभ्रे बनेपा न.पा.२ घिमिरेगाउ बस्ने वर्ष २५ की नविना काफ्ले घिमिरे घटनास्थलमा नै मृत्यु भएको छ ।

नबिनाक्क शव पो.माको लागी के.एम.सि. दुवाकोट अस्पताल लगेको ,  दुवै मो.सा.चालकहरु घाईते भई उपचारको लागी मध्यपुर अस्पताल ठिमी लगेको, तिन वटा सवारी साधन वृत जगातीको नियन्त्रणमा रहेको छ ।

उक्त स्थानमा प्र.नि.जितेन्द्र श्रेष्ठको कमाण्डमा (९८५१२८१६२३) १० जनाको टोली खटिईएको ,वृत जगाती बाट १ कि.मि.पश्चिम पर्ने ,टेलर गाडी चालक जि.पर्सा विरगन्ज म.न.पा.२ बस्ने वर्ष २५ को हासिब हुसेन अन्सारी वृत जगातीको नियन्त्रणमा ।

१) ६९३ नं को मो.सा.चालक जि.काभ्रे बनेपा न.पा.२ घिमिरे गाँउ बस्ने वर्ष ३० को किरण घिमिरे, बोल्न सक्ने,दाहिने हातको पञ्जामा र दाहिने खुट्टाको थाई र पिडौलामा भित्री चोट, अवस्थाःमध्यम ।

२) २८५९ नं को मो.सा.चालक (जि.ओ.ढु.सुनकोशी गा.पा.४ घर भई हाल नलिनचोक बस्ने ) वृत जनसेवा दरबन्दी भई हाल ऐ.कार्यालयमा कार्यरत वर्ष ३२ को प्र.ज. हिरा बडाल, बोल्न सक्ने,दुवै हातको नाडीमा दछारिएको, ढाडमा भित्री चोट र दाहिने खुट्टाको घुँडा फ्याक्चर , अवस्थाःमध्यम ।