सामान बोक्ने काम आफूहरूले मात्रै पाउनुपर्छ : यातायात व्यवसायी

24

काठमाडौं : यातायात व्यवसायीहरुले प्रयोजन विपरीतका सवारी साधनहरुले गरिरहेको मालबाहक ढुवानी तत्काल रोक्न सरकारसँग माग गरेका छन्। पछिल्लो समय एउटा प्रयोजनको लागि ल्याइएका सवारी साधनहरु मालबाहक वा यात्रुबाहक सवारी साधनको रुपमा प्रयोग बढेको भन्दै त्यस्तो प्रयोग तत्काल रोक्न व्यवसायीहरुले माग गरेका हुन्।ातायात व्यवसायीहरुले सरकारले सार्वजनिक यातायात र निजी प्रयोजनका लागि दर्ता भएका सवारी साधनहरुमा प्रयोजनअनुसार प्रयोग भए/नभएको जाँच गरी कारबाही गर्न आग्रह गरेका छन्।उनीहरुले निजी प्रयोजनका लागि दर्ता भएको सवारी साधनले प्रयोजनविपरीत यात्रा र ढुवानी सेवा दिन नपाउने कानूनी व्यवस्था रहेको बताए।​ उनीहरुले सार्वजनिक र निजी सवारी साधनको विषयमा स्पष्ट नीति फितलो हुँदा मालबाहक सवारी साधनहरु चल्न नसक्ने अवस्थामा रहेको बताए।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सरोज सिटौलाले प्रयोजन विपरित चल्ने सवारी साधनहरुलाई सरकारले कडाई गर्नुपर्ने बताए।उनले कृषिमा सुविधा लिएर जोत्नको लागि सवारीसाधन बनाएकोले कृषिको लागि दर्ता भएको ट्याक्टरले ढुवानी गर्न नपाउने दाबी गरे।उपाध्यक्ष सिटौलाले बालुवा, गिट्टी, रड र सिमेन्ट बोक्नको लागि ट्याक्टर प्रयोग भइरहेको भन्दै सरकारले तत्काल रोक्नुपर्ने बताए। उनले निजी प्रयोजनका लागि दर्ता भएका सवारी साधनहरुले मालबाहक सवारीका रुपमा ढुवानी गर्न पाउँदैन भनेर महासंघले सबै निकायहरुलाई पत्र पठाएको बताए।