Friday, November 13, 2026
Home मनोरन्जन भोली भक्तपुरमा गायक अरुण थापाको स्मृतिमा सांगीतिक कार्यक्रम आयोजना हुने

भोली भक्तपुरमा गायक अरुण थापाको स्मृतिमा सांगीतिक कार्यक्रम आयोजना हुने

53

भक्तपुर । स्व. गायक अरुण थापाको २४ औं स्मृति दिवसको अवसरमा भोली ५ गते शुक्रबार भक्तपुरमा सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ । पलासेस्थित फनभ्याली भित्र दिउँस २ बजेपछि सांंगीतिक श्रद्धान्जली कार्यक्रम हुनेछ । रागरागिनी इन्टरटेन्टमेन्ट प्रालिका कार्यकारी निर्देशक तथा कार्यक्रम संयोजक कपिल कस्पालले गायक अरुण थापाको २४ औं स्मृति दिवसको दिनमा सांगीतिक श्रद्धान्जली कार्यक्रम तय गरिएको जानकारी दिए । कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था रहेको छ । यस कार्यक्रमलाई काठमाडौं फन भ्यालीको सहयोग गरेको समेत उनले बताए । कार्यक्रमको उदघाटन चलचित्र विकास वोर्ड नेपालका अध्यक्ष एवं सुपरस्टार नायक भुवन केसीबाट गरिने कार्यक्रम रहेको छ । त्यसैगरी कार्यक्रममा वरिष्ठ गायक दीप श्रेष्ठ, वरिष्ठ गीतकार सुवासचन्द्र ढुंगेल, नायिका करिश्मा मानन्धर, नायक पल साह, मेलोडी किङ दीपक खरेल लगायतका वरिष्ठ कलाकारहरु सहभागी हुने जानकारी गराइएको छ ।

कार्यक्रममा नेपालका चर्चित तथा प्रतिभाशाली गायक गायिकाहरु अजर जंगम, निशा देसार, एञ्जेला श्रेष्ठ, रोजी श्रेष्ठ, दिनेश न्यौपाने, सानुमैयाँं धौभडेल, कपिल कसपाल, सुनिल लोहला, कल्पना श्रेष्ठ, प्रविण पलिखेल, श्रेया अवस्थी लगायतबाट अरुण थापाका गीतहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक एवं गायक कस्पालले बताए । स्व. थापाको ऋतुहरुमा तिमी, भुलु भुलु लाग्यो मलाई सपनीमालगायत धेरै गीतहरु चर्चित छन् ।