पहिरोमा परी ७ जना बेपत्ता

35

चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको वेनचुआन काउन्टीमा मङ्गलबार बिहान पहिरो जाँदा सात जनाको मृत्यु भएको छ।छोटो अवधिमा परेको भारी वर्षाका कारण वेनचुआन काउन्टीको मियाँसी टाउनसिप र वेइझोउ टाउनसिपमा पहिरो गएको काउन्टीको आपतकालीन व्यवस्थापन ब्युरोले जनाएको छ।मङ्गलबार बिहान १०.३२ बजेसम्म पहिरोबाट प्रभावित ९०० भन्दा बढीलाई स्थानान्तरण गरिएको थियो । चार सयभन्दा बढी उद्धारकर्मी बेपत्ताको खोजी कार्यमा संलग्न छन्।