Thursday, September 24, 2026
Home अन्तर्राष्ट्रिय युट्युब मुख्यालयमा गोली चल्यो

युट्युब मुख्यालयमा गोली चल्यो

378
सांकेतिक तस्विर

चैत २१,
एजेन्सी । अमेरिकाको उत्तरी क्यालिफोर्नियास्थित युट्युबको मुख्यालयमा तीनजनालाई घाइते बनाउने गरी गोली हान्ने सन्दिग्ध महिलाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।ती महिलाले अन्यलाई हमला गरेपछि आफैँमाथि पनि गोली हानेकी थिइन्।
प्रहरीका अनुसार गोली चल्दा घाइते भएका सबैलाई अस्पतालमा लगिएको थियो। उक्त घटनामा घाइते भएका एक ३६ वर्षीय युवकको अवस्था गम्भीर छ। ती युवक सन्दिग्ध महिलाका केटासाथी हुन् । हमलामा ३२ र २७ वर्षका दुई महिलालाई पनि गोली लागेको थियो । गोली लाग्ने ३२ वर्षकी महिलाको अवस्था नाजुक रहेको र २७ वर्षीया महिलाको भने अवस्थामा सुधार आएको बताइएको छ । उक्त घटना युट्यूबको सान ब्रुनोस्थित मुख्यालयमा भएको थियो र प्रहरीले उक्त घटनाबारे छानबिन गरिरहेको छ ।युट्युब मुख्यालयमा एक बन्धुकधारी भएको खबर आउने वित्तिकै आफूहरू त्यता गएको प्रहरीले जनाएको छ । युट्युब मुख्यालयमा करिब १७ सय मानिसहरू कार्यरत छन् । स्थानीय टेलिभिजनहरूले देखाएका तस्बिरमा कर्मचारीहरू हात माथि उठाएर कार्यालयबाट बाहिर निस्किएका थिए ।