भक्तपुरमा चार जना युवाले त्यागे कांग्रेस, गरे राप्रपामा प्रवेश

415

भक्तपुर । भक्तपुरमा चार जना युवाहरु नेपाली कांग्रेस त्यागेर राप्रपामा प्रवेश गरेका छन् ।
राप्रपा भक्तपुर जिल्ला समितिले दिएको जानकारी अनुसार रामेश्वर पोखरेल, नवराज पुरी, अशोक ट्याट र शिवराज कार्की रहेका छन् । उनीहरूलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले पार्टीमा स्वागत गरेका हुन् ।