Sunday, October 11, 2026
Home राजनीति राष्ट्रिय सभाको बैठक भोलिका लागि सर्‍याे

राष्ट्रिय सभाको बैठक भोलिका लागि सर्‍याे

26

काठमाडौं : राष्ट्रिय सभाको बैठक भोलिका लागि सरेको छ। आज ११ बजेका लागि बोलाइएको बैठक भोलि बिहान ११ बजेर ११ मिनेटका लागि सारिएको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए। राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बुधबारका लागि बैठक स्थगित गरेको जनाइएको छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम थियो। उनी आध्यात्मिक सम्मेलन उद्घाटनका लागि खप्तड गएकोले बैठक स्थगित गरिएको बताइएको छ ।