Monday, September 28, 2026
Home Uncategorized नयाँ वर्ष २०८० साल सुरु, सबैमा हार्दिक शुभकामना

नयाँ वर्ष २०८० साल सुरु, सबैमा हार्दिक शुभकामना

85

काठमाडौं हामी नेपालीहरुको नयाँ वर्ष आज शुक्रबारबाट सुरु भएको छ ।
आज विक्रम सम्वत २०८० सुरु भएको हो । १ वैशाखलाई नेपालीले नयाँ वर्षको रुपमा मनाउँदै आएको छ। नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन शुक्रबार देश तथा विदेशमा रहेका नेपालीले एकअर्कामा शुभकामना आदनप्रदान गरी नयाँ वर्ष मनाइरहेका छन्।

नयाँ वर्षको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। जस कारण नयाँ वर्षको दिन साथीभाइ तथा परिवारका सदस्यहरु भेला भएर घुम्न जाने, रमाइलो गर्ने गर्छन् । यसदिन नयाँ कामको थालनी गर्ने परम्परा पनि छ। अघिल्लो सालको अधुरा कार्य पनि यो साल पुरा गर्ने प्रतिवद्धता गर्नुहोस सबैमा हार्दिक शुभकामना ।