Monday, September 28, 2026
Home समाचार पूर्वराजाले दिए नयाँ वर्षको अवसरमा यस्तो सन्देश

पूर्वराजाले दिए नयाँ वर्षको अवसरमा यस्तो सन्देश

78

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको अवस्थाप्रति युवा पिँढीमा चरम विद्रोहभाव देखिएको टिप्पणी गरेका छन् । बिहीबार नयाँ वर्षको अवसरमा एक सन्देश जारी गर्दै उनले विगत तीन दशकयताको घटनाक्रमप्रति युवा पिँढीमा चरम बिद्रोहभाव देखिएको बताएका हुन् ।

‘युवा पिँढी विद्यमान प्रणाली र शासकीय गतिविधिप्रति पूर्णतया असन्तुष्ट हुँदै गएको देखिन्छ । विगत तीन दशक बढी समयको अनर्थ प्रयत्न उपर उनीहरुको चरम बिद्रोहभाव देखिन थालेको छ’, शाहले सन्देशमा भनेका छन्, ‘यस्तो अवस्थामा कसैको मुख थुनेर, धरपकड गरेर वा पुनरुत्थानको अर्थहीन आरोप थोपरेर हुँदैन ।’

सरकारी ढुकुटी, सञ्चालित वित्तीय संस्थाहरुको वार्षिक कारोबार विपन्न वर्गको उत्थानमा परिचालन नभएको पूर्वराजा शाहले बताएका छन् । सीमित व्यक्ति र सानो घेराका परिवारमा मात्र त्यसको लाभ खुम्चिन पुगेको भन्दै उनले उत्पादन, आर्जन एवं परिचालनमा उपयुक्त ध्यान नदिँदा जनसाधारणमा समस्या बढेको बताएका छन् ।