आठदलीय गठबन्धन पूरै अवधि जान्छ

32

काठमाडौँ । आठ दलीय गठबन्धनको प्रमुख दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको पूरै अवधि जाने बताएका छन् । शुक्रबार उपराष्ट्रपति निर्वाचनपश्चात् संसद् भवनबाटै बाहिरिने क्रममा उनले सञ्चारकर्मीहरूले सोधेको प्रश्नको संक्षिप्त जवाफ दिँदै गठबन्धन भविष्यवाणी गरेका हुन् ।

उनले गठबन्धन बाँकी रहेको करिब पाँच वर्ष समयावधिसम्म टिक्ने दाबी गरे ।