युएईविरुद्ध नेपाललाई दोस्रो सफलता

60

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अहिले पाहुना टोली युएईविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले युएईविरुद्ध पहिले बलिङ गरिरहेको छ ।ब्याटिङ गरिरहेको युएईविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ ।

सन्दीप लामिछानेले नेपाललाई दोस्रो सफलता दिलाएका हुन । उनले युएईका मुहम्मद वासिमलाई ६३ रनमा आउट गरे। युएईले १६ ओभर ३ बलमा २ विकेट गुमाएर ९८ रन जोडेको छ । २०१९ बाट सुरु विश्वकप लिग टू सिरिजको समेत यो अन्तिम खेल हो । घरेलु टोली नेपाल जित निकाल्दै जिम्बामेमा आयोजना हुने विश्वकप छनोट खेल्ने योजनमा रहेको छ ।

लिग २ अन्तर्गत नेपालले अहिले सम्म ३५ खेलबाट ३८ अङ्क बनाएको छ । आज खेलमा जित निकालेको खण्डमा नेपाल नामिबियालाई पछि पार्दै तेस्रो स्थानमा रहेर लिग टू अन्त्य गर्दै जिम्बाबेको टिकट काट्नेछ । यता समान खेलबाट ३३ अङ्क जोडेको युएई छैटौँ स्थानमा छ । लिग टू मा स्कटल्याण्ड शीर्ष स्थानमा रहँदै र ओमान दोस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगिसकेका छन् । अब तीनमा नामिबिया र नेपाल मध्ये एक हुने निश्चित भएको छ । नामिबिया अहिले ३६ खेलबाट ३९ अङ्कसहित तेस्रो स्थानमा छ भने अमेरिका ३६ खेलमा ३५ अङ्कसहित हाल पाँचौँ स्थानमा रहेको छ ।