बढ्यो सुनको मूल्य

28

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज फेरी बढेको छ । आज तोलामा एक हजार रुपैयाँले बढेर तोलामा १ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, आज तेजाबी सुनको मूल्य पनि एक हजार रुपैयाँले बढेर १ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधवार छापावाला सुन प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले मात्रै बढ्दै आज तोलामा १ हजार ३ सय ५ रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।