ठूलादुर्लुङ्मा खुल्ला मैत्रीपूर्ण भलिबल प्रतियोगिता

210

माघ १७,
ललितपुर ( ठूलादुर्लुङ) । ललितपुरको महाँकाल गाउँपालिका वडा नं. ६ ठूलादुर्लुङको आयोजनामा माघ १६ देखि १९ गतेसम्म खुल्ला मैत्रीपूर्ण पुरूष भलिबल प्रतियोगिता सञ्चालन भएको छ । महाँकाल गाउँपालिकाको आर्थिक सहयोग र वडा नं. ६ को वार्षिक कार्यक्रम अनुसार ठूलादुर्लुङ युथ क्लबको विशेष आयोजनामा खुल्ला मैत्रीपूर्ण वडास्तरीय भविबल प्रतियोगिता सञ्चालन भएको हो । उक्त भलिबल प्रतियोगितमा १६ वटा टीम सहभागि रहने छन् । प्रथमः हुने टिमका लागि नगद ३० हजार सहित ट्रफि र मेडल प्रदान गरिनेछ । द्धितियलाई २० हजार सहित ट्रफि र मेडल, तृतिय स्थान प्राप्त गर्ने दुईवटै टीमलाई १० / १० हजार नगद सहित ट्रफि र मेडल प्रदान गरिने महाँकाल गाउँपालिका वडा नं. ६ ले जनाएको छ ।

उक्त भलिबल प्रतियोगिताको रेफिहरुमा धिरेन्द्र चौधरी, टेकबहादुर थोकर, रामकुमार घलान, सुरेश घिमिरे र राजकुमार सिंतान रहेका छन् । उहाँहरु सबै क्षेत्रिय स्तरका रेफि रहेको आयोजनकले जनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै महाँकाल गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष रामकृष्ण आचार्यले युवाहरुलाई खेलप्रति आकर्षण गर्नका लागि वडाले खुल्ला मैत्रीपूर्ण भलिबल प्रतियोगिता सञ्चालन गरेको बताउनुभयो । शुक्रवार भएको उद्घाटन कार्यक्रममा कार्यपालिकाका सदस्य, शिक्षक बुद्धिजिवी समाजसेवी, खेलप्रेमी र सुरक्षाकर्मी लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
क्लबका अध्यक्ष सुकुमार गोलेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । १९ गते हुने उक्त कार्यक्रमको समापन गाउँपालिकामा अध्यक्ष रामचन्द्र दाहलको प्रमुख आथित्यतामा हुने वडाध्यक्ष आर्चायले जानकारी दिनुभयो ।