Wednesday, September 23, 2026
Home अर्थ ६७ प्रतिशत मात्रै राजस्व सङ्कलन

६७ प्रतिशत मात्रै राजस्व सङ्कलन

37

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको पुस महिनासम्ममा लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न सकेको छैन । ६ खर्ब ५१ अर्ब रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखेकोमा फागुन सकिन लाग्दासम्म ५ खर्ब रुपैयाँ मात्र राजस्व उठेको छ।

यसअघि अपवादबाहेक लक्ष्यअनुसार नै राजस्व उठाउँदै आएको सरकारले यो वर्ष भने फागुनसम्म लक्ष्यको ६७ प्रतिशत मात्रै राजस्व उठाउन सकेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार विगतका अधिकांश आर्थिक वर्ष पुस मसान्तमै ४० प्रतिशतभन्दा बढी राजस्व असुल भएको छ ।

चालु वर्ष भने यति प्रतिशत हासिल गर्न थप दुई महिना लागेको छ। रकमगत लक्ष्य त चैत महिनामा मात्रै पूरा हुने देखिन्छ। हरेक वर्ष करिब २० प्रतिशत राजस्व वृद्धिदर देखिएकोमा चालु वर्षको फागुनसम्म १७ प्रतिशत राजस्व घटेको छ। राष्ट्र बैंकले राखेको ४८ वर्षको तथ्याङ्क हेर्ने हो भने अघिल्लो आर्थिक वर्षको तुलनामा कुनै पनि आर्थिक वर्ष राजस्व नघटेको देखिन्छ।

राजस्व कम हुनुमा आर्थिक क्रियाकलापमा आएको कमीका साथै अवैधानिक कारोबार बढेको सरकारी निष्कर्ष छ। आन्तरिक राजस्व विभागले कर विवरण नै दाखिला नभएपछि अहिले ठूलो मात्रामा आयकर नउठेको निष्कर्षसहित खोजी सुरु गरेको छ। हालै मात्रै विभागले एक सूचना जारी गर्दै कारोबार भएको तर आयकर विवरण नबुझाएको भन्दै ध्यानाकर्षण गराएको छ।