Monday, September 28, 2026
Home राजनीति प्रतिनिधि सभा बैठक जारी

प्रतिनिधि सभा बैठक जारी

341

काठमाडौँ । संघीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ। बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मानव अधिकार आयोगको २२ औं वार्षिक प्रतिवेदन (आ.व.२०७८/०७९) पेश हुने कार्यसूचीमा उल्लेख छ। यस्तै, बैठकमा सभामुख घिमिरेले प्रतिनिधि सभामा रिक्त रहेको पदबारे संसद सचिवालयलाई जानकारी गराउन कार्यसूची छ।