मोलुङ हाइड्रोको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

33

काठमाडौँ । मोलुङ हाइड्रोपावरको आइपीओमा आवेदन दिने आइतबार अन्तिम दिन रहेको छ। आज माघ १५ गते आइतबार आयोजना प्रभावित स्थानीयले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन्। मोलुङले पुस १९ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको हो।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई भने माघ ३ गतेसम्म मात्रै आइपीओमा आवेदन दिने व्यवस्था थियो। यस कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख ७२ हजार ८५० कित्ता सेयर बिक्रीमा ल्याएको थियो। कम्पनीले स्थानीयलाई जारी पुँजी ८० करोड २५ लाख रुपैयाँको १०५ अर्थात ८ करोड २ लाख २५ हजार बराबरको सेयर बिक्री खुला गरेको हो। हाइड्रोपवारले १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख २ हजार ५ सय कित्ता सेयर स्थानीयलाई निष्कासन गरेको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरिने सेयरमध्ये ५५ ओखलढुङ्गा जिल्लाको मोलुङ्ग गाउँपालिकाका बासिन्दाहरुमा बाँडफाँट गरिने कम्पनीले जनाएको छ। बाँकी ५५ सुनकोशी गाउँपालिकाका बासिन्दा र सिद्धिचरण नगरपालिकाका बासिन्दाहरुमा बाँडफाँट गरिनेछ।