Thursday, October 1, 2026
Home राजनीति राष्ट्रपतिको निर्वाचन मिति घोषणा गर्न माग

राष्ट्रपतिको निर्वाचन मिति घोषणा गर्न माग

59

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिको निर्वाचन मिति घोषणा गर्न माग गरेका छन् । उनले आज ट्विट गर्दै निर्वाचन आयोगले फागुन २८ अगावै सम्पन्न हुने गरी राष्ट्रपतिको निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका हुन् ।

उपसभापति खड्काले लेखेका छन्, ‘दायाँबायाँ नसोची, नहेरी ! निर्वाचन आयोगले फागुन २८ अगावै सम्पन्न हुने गरी राष्ट्रपतिको निर्वाचनको मिति घोषणा गरेर अहिले यस विषयमा देखिन थालेको संशयको घेराबाट आफूलाई समयमै बाहिर निकाल्नु संवैधानिक संस्थाको गरिमाको लागि श्रेयस्कर हुनेछ यसतर्फ बेलैमा ध्यान जाओस् ।’