६ महिनामा ४ हजार भन्दा बढिले बनाए पासपोर्ट

52

काठमाडौँ । छ महिनामा अर्घाखाँचीमा ४ हजार भन्दा धेरैले पासपोर्ट बनाएका छन्। जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सार्वजनिक गरेको मासिक प्रगति अनुसार जिल्लामा चालु आर्थिक वर्षको पौष मसान्त सम्ममा ४ हजार चार सय ८३ राहदानी सिफारिस गरिएको उल्लेख छ।

यो तथ्याङ्क अनुसार अर्घाखाँचीमा दैनिक २५ जनाले पासपोर्ट बनाउने गरेको देखिएको छ। प्रशासनले समान्य सिफारिस तर्फ ४ हजार ६६ र द्रुत सेवा सिफारिस तर्फ ४ सय १७ गरी श्रावण देखी पौष महिना सम्ममा ४ हजार ४ सय ८३ जनाको राहदानी सिफारिस गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पौष महिनामा मात्रै ५ सय ७५ राहदानी सिफारिस गरेका छन् ।

यस्तै यो आर्थिक वर्षको पौष मसान्त सम्ममा राहदानी सिफारिस बापत २ करोड ६७ लाख ४५ हजार रुपैंया राजस्व समेत सङ्कलन भएको छ।