काठमाडौँ । नेकपा (एमाले)ले सत्ता साझेदार दलमा भएको भागबण्डा अनुसार एमालेले आठ मन्त्री पाउने छ । उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी पाएका बिष्णु पौडेल बाहेक सबै नयाँ अनुहार हुन् ।
१.उपप्रधान तथा अर्थ मन्त्रीः बिष्णु पौडेल
२.भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीः राजेन्द्र राई
३. कृषि तथा पशुपन्छी विकास मन्त्रीः ज्वाला साह
४. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीः दामोदर भण्डारी
५.परराष्ट्र मन्त्री ः डा. विमला राई पौडेल
६.स्वास्थ्य तथा जनसंख्या मन्त्रीः पदम गिरी
७.महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीः भगवती चौधरी
८.रक्षा मन्त्रीः हरि उप्रेती
कृषि तथा पशुपन्छी विकास मन्त्री भएकी ज्वाला साह पहिला अर्को पार्टीमा हुदाँ राज्यमन्त्री भएकीस थिइन् ।