मिर्मिरे र नेरुडे लघुवित्त मर्जरमा जाने

42

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था र नेरुडे लघुवित्त वित्तीय संस्था बीच एक आपसमा गाभ्ने/गाभिने -मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । दुई संस्थाबीच ११ पुस सोमबारको दिन मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

दुई संस्थाबीच १ः१ को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा मर्जरमा जाने सहमति भएको स्रोतले जनाएको छ । मर्जरपछि भन्ने लघुवित्तको नाम मेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था रहेकेा सहमति भएको छ ।

उक्त सम्झौतामा मिर्मिरे लघुवित्तको तर्फबाट अध्यक्ष टेक बहादुर बोहोरा र नेरुडे लघुवित्तका तर्फबाट अध्यक्ष डा. भेषप्रसाद धमलाले हस्ताक्षर गरे । त्यस्तै सञ्चालक समिति अध्यक्षमा हालको मिर्मिरे लघुवित्तका अध्यक्ष बोहोरा र प्रमुख कार्यकारी अधिकृतमा नेरुडेका भोजराज बस्याल रहने सहमति भएको छ ।