Sunday, October 11, 2026
Home अर्थ रघुगङ्गामा एक करोड ८५ लाख बजेट विनियोजन

रघुगङ्गामा एक करोड ८५ लाख बजेट विनियोजन

80

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले विभिन्न ५१ योजनामा एक करोड ८५ लाख बजेट विनियोजन गरेको छ । सोमबार सम्पन्न १४औँ गाउँसभामार्फत पालिकाको नगद मौज्दात रहेको बजेटबाट विभिन्न योजनाका लागि बजेट विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता मनकुमार शेरपुञ्जाले जानकारी दिए ।

गाउँसभाले बृहत् घोप्टेखोला र बृहत् चिमखोला पिप्ले भगवती खानेपानी योजनामा उपभोक्ता समितिले योजना सम्झौता गर्दा बेहोर्नुपर्ने कुल लागतको एक प्रतिशत रकम बराबरको स्रोत गाउँपालिकाले व्यहोर्ने निर्णयसमेत गरेको छ । संघीय सरकारमार्फत योजना सञ्चालनको तयारी गरिएको रघुगङ्गा गाउँपालिको वडा नं २ भगवती, ३ पिप्ले र ७ चिमखोलालाई समेटने बृहत् चिमखोला-पिप्ले भगवती खानेपानी आयोजना र वडा नं ५ झिँ र ६ पाखापानीलाई समेट्ने बृहत् घोप्टेखोला खानेपानी योजना सम्झौताका लागि उपभोक्ताले जुटाउनुपर्ने स्रोतका लागि ५० लाख बजेट विनियोजन गरिएको छ ।

त्यसैगरी वडा नं ५ झिँको वडा कार्यालय भवनका लागि थप २५ लाख बजेट विनियोजन भएको छ । सभाले प्रदेश र संघीय सरकार विशेष र समपूरक योजनासमेत माग गर्ने निर्णय गरेको छ । प्रदेश समपूरकअन्तर्गत पाखापानी-कोटगाउँ-रायखोर-घ्यासीखर्क सडकलाई रु ५० लाख, संघीय समपूरक कोषअन्तर्गत  झिँ वडा कार्यालयलाई थप ३० लाख, संघीय समपूरकअन्तर्गत मुक्तिधाम मावि प्राविधिक धारको भवन निर्माण गर्न रु एक करोड ५० लाख बजेट माग गर्ने निर्णयसमेत गरेको छ ।