Sunday, September 27, 2026
Home अन्तर्राष्ट्रिय विवाह समारोहमा आगलागी: ५ को मृत्यु, ५५ घाइते

विवाह समारोहमा आगलागी: ५ को मृत्यु, ५५ घाइते

58
सांकेतिक तस्विर

काठमाडौँ । भारतको राजस्थानस्थित जोधपुरमा बिहिबार साँझ एक घरमा विवाह समारोहमा आगलागी हुँदा पाँचजनाको मृत्यु भएको छ । घटनामा ५५ जना घाइते भएका भारतीय समाचार एजेन्सी  एएनआईले जनाएको छ। जोधपुरको शेरगढ थाना इलाकामा सिलिन्डर ग्यास फुट्दा दुर्घटना भएको हो। हालसम्म पाँचजनाको मृत्यु भएको र घाईते ५५ जनाको जोधपुरस्थित एक अस्पतालमा उपचार जारी छ।

प्रहरी थाना शेरगढले भारतीय सञ्चार माध्यामलाई दिएको जानकारी अनुसार शेरगढ थाना इलाकामा भुंगरा बस्तीमा एक परिवारमा युवतीको विवाहको कार्यक्रममा चार वटा सिलिन्डर बिस्फोट भएको हो।
प्रहरीका अनुसार अस्पतालमा भर्ना भएका ५५ जनामध्ये २५ जना गम्भीर छन् । उनीहरु ६० प्रतिशतभन्दा बढी जलेका छन्।