देउवा र प्रचण्ड आज दैलेख जादै

54

काठमाडाैँ। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज दैलेख जाने भएका छन् ।

कर्णाली प्रदेशका दुई जिल्लामा आयोजित चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउन लागेकाे माओवादी कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले जानकारी दिइन् ।

कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको केसीले बताइन् ।

उनीहरू आजै नवलपरासीको कार्यक्रममा सहभागी भइ आजै सुर्खेतको गुर्भाकोटको खैरेनी भेरी किनारमा हुने चुनावीसभालाई सम्बोधन गर्न आउनेछन् ।