‘ओली सरकारले गफ गर्यो, काम गरेन्’

104

फागुन ३,
भक्तपुर । प्रमुखप्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति एवम् पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ओली सरकारले गफ गर्ने बाहेक केही काम नगरेको आरोप लगाएका छन् । नेपाली काँग्रेस जिल्ला समिति भक्तपुरले शुक्रबार थिमीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै सभापति देउवाले भने ’ भाषण गरेर मात्र देश बन्दैन, गफले देश बन्ने भए पहिल्यै बनिसक्थ्यो ।’
उनले सरकारले जनअपेक्षा अनुसार काम गर्न नसककेको बताउदैं जनचाहना अनुरुप विकासमा फड्को मार्नुपर्ने बताए ।
सभापति देउवाले सरकार गति र विधि तथा संबैधानिक प्रकृयाबाट विमुख छ भएको आरोप समेत लगाएका छन् ।
सरकारका नयाँ कामले गति नलिएको र सरकार विधि सम्मत ढंगले नचलेको बताए ।
सभापति देउवाले सरकारले एक बर्षको अवधिमा जिम्मेवारीका साथ महत्वपुर्ण र दुरगामी काम गर्न नसकेको बरु चिकित्सा शिक्षा विधेयक जब्बरजस्ती पास गरेको, निर्मला पन्त हत्याको दोषीलाई कारवाही गर्न नसकेको बताए ।
विरोधसभालाई सम्बोधन गर्दै उनले भने ‘कर बृद्धि, महँगी र भ्रष्टाचार सरकारको जनउपहार भएको छ, चौतर्फी रुपमा सरकार असफल र अलोकप्रिय भयो ।’ नेता कृष्ण सिटौलाले जनताले आशा गरेजस्तो काम सरकारले गर्न नसकेको र चरम राजनीतिकरण मार्फत राज्य संयन्त्रका सबै निकायलाई कमजोर र आफू अनुकुल बनाउन लागेको आरोप लगाएका छन् ।
कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंहले सरकार सबै क्षेत्रमा जबजस्ती ढंगले अधिनायकवादी शैलीमा अघि बढ्न खोजेको बताउँदै यसको बिरोध देशभर गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, क्षेत्रिय सभापति जिवन खत्री, महेश श्रेष्ठलगायतले अब सरकार विरुद्ध आन्दोलनको आधिँबेरी सिर्जना गर्नु पर्ने समय आएको बताएका छन् ।