काठमाडौँ । राजधानीमा जारी प्रधानमन्त्री राष्ट्रिय क्रिकेट कप प्रतियोगितामा कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेशलाई जितको लागि १५१ रनको लक्ष्य दिएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णाली प्रदेशले ३८ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १५० रनको योगफल बनायो ।
कर्णाली प्रदेशका लागि अर्जुन घर्तीले सर्वाधिक ७० रनको योगदान दिए । ९६ बल खेलेका उनले पाँच छक्का र चार चौका प्रहार गर्दै ७० रनको योगदान दिएका हुन । त्यसैगरी सुवास ऐरले २४ रन बनाए भने हिमांशु शाहीले १२ रन जोडे । प्रकाश जैशीले ९ तथा दीपेन्द्र रावतले ८ रन बनाए ।












