Wednesday, October 7, 2026
Home समाचार काठमाडौंको न्यू रोडमामा एक पुरुषको शव फेला

काठमाडौंको न्यू रोडमामा एक पुरुषको शव फेला

79

काठमाडौं । काठमाडौंको न्यू रोडमा एक पुरुषको शव फेला परेको छ । न्यू रोडमा करिब ४५ वर्षीय पुरुषको शव जुद्ध शालिक नजिकै आज बिहान शंकास्पद अवस्थामा फेला परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।

प्रहरीले उनकाे हत्या भएको आशंका गरेका छ । मृतकको पहिचान हुन सकेको छैन। थप अनुसन्धान भइरहेको एसपी मैनालीले  जानकारी दिए ।