Saturday, September 26, 2026
Home समाज थप ६ जनामा कोरोना संक्रमण

थप ६ जनामा कोरोना संक्रमण

48

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १९ पुगेको छ।

सोमबार ३६ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ५२२ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टामा देशभर ४३६ पीसीआर तथा ४५१ एन्टिजेन परीक्षण भएको छ।