बनेपा । आज देशभर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम भईरहेको छ। सरकारले आज र भोली देशभर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
कात्तिक २ र ३ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम दोस्रो चरण अन्र्तगत ७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम छ।
साथै शिघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम लागू भएका जिल्लाका ५ वर्षमुनिका बालबालिकालाई पोषणस्थित लेखाजोखा र ६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई सुक्ष्म पोषणतत्व बालभिटा वितरण कार्यक्रम रहेको छ।
यी कार्यक्रमका लागि सबै स्थानीय तहबाट सहयोग समन्वय र प्रचारपचारमा सहजीकरण गरी अभियान सफलतापूर्वक संचालन गर्न सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई निदेशन दिएको छ।