जीप दुर्घटना: ८ जनाको मृत्यु

120
फाइल तस्बिर

काठमाडौ । सल्यानमा जीप दुर्घटना हुदा ८ जनाको मृत्यु भएको छ । दाङको तुलसीपुरस्थित गोटीखोला प्रहरी चौकीमा राति १२ बजे इन्ट्रिगरेर सल्यानतर्फ हिँडेको रा १ ज ५६३ नम्बरको डबल क्याप जीप सल्यान जिल्लाको कपुरकोट गाउँपालिका वडा नं. ३ मुलपानीमा राति करिब सवा १ बजेतिर दुर्घटनामा परेको थियो।

सल्यानको मुलपानीमा मध्यराति भएको जीप दुर्घटनामा एक बालकसहित ८ जनाको मृत्यु भएको छ। मतृकमध्ये एक महिला र सात पुरूष रहेको इलाका प्रहरी कार्यालय सल्यान कपुरकोट जानकारी दिएको छ । -फाइल तस्वीर