Monday, September 28, 2026
Home Uncategorized फुटपाथमा व्यापार गर्न पाउनुपर्ने व्यापारीकाे माग (फोटो फिचर)

फुटपाथमा व्यापार गर्न पाउनुपर्ने व्यापारीकाे माग (फोटो फिचर)

54

काठमाडौँ । फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै फुटपाथ व्यापारीले आज काठमाडौँ महानगरपालिकाविरुद्ध प्रदर्शन गरेका छन्।
काठमाडौँ महानगरले सडकका फुटपाथमा व्यापार गर्न नदिएपछि उनीहरू प्रदर्शनमा उत्रिएका हुन्।
एमालेनिकट मजदुर संगठन जिफन्टआवद्ध नेपाल स्वरोजगार श्रमिक व्यापार संघको अगुवामा बिहीबार प्रदर्शन गरिएको हाे। उनीहरूले महानगरपालिकाको कार्यालय घेराउसमेत गरेका छन्। सुन्धारामा जम्मा भएका व्यापारीहरू भद्रकाली हुँदै महानगर कार्यालय परिसरमा पुगेर प्रदर्शन गरेका हुन्।