आज नेपाल र भारत भिड्दै

72

काठमाडाैँ । श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलमा नेपालले आज (शुक्रबार) भारतसँग प्रतिष्पर्धा गर्दैछ।

कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपालले भारतको सामना गर्नेछ। नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो
३ः४५ बजे सुरु हुनेछ।

३ अंक जोडेको नेपाल समूहको दोस्रो स्थानमा छ भने भारत पहिलो स्थानमा छ। नेपालले पहिलो खेलमा भुटानलाई २-१ गोल अन्तरले
पराजित गरेको थियो।