तीन आँखा भएको जीव फेला

221

काठमाडौं । पूर्वी चीनको जियाङसु प्रान्तको बन्दरगाह सहर लियानयुङ्गाङमा एक व्यक्तिले पोखरीमा तीनवटा आँखा भएको झिंगा जस्तो जीव फेला पारेका छन् । विज्ञहरूले यो प्रजाति २० करोड वर्षभन्दा बढी समयदेखि रहेको पुष्टि गरेका छन् । एक जना फोटोग्राफर ल्यान्युनगाङका गीतले पोखरीमा फोटो खिचिरहेको बेला यो अनौठो जीवहरू संयोगवश फेला परेको गोलोबल टाइम्स मिडियालाई भने, मलाई फोटोग्राफीमा धेरै रुचि छ, र मैले फोटो खिचिरहेको थिएँ जब मैले पानीमा यस प्रकारको जीवलाई पौडी खेलिरहेको देखेँको उनको भनाई छ ।