के घर के डेराको फष्ट लुक

147

काठमाडौ । आगामी कात्तिक ४ गते अल नेपाल रिलिज हुने फिल्म के घर के डेराको फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। पशुपतिप्रसाद, आमाजस्ता सामाजिक फिल्मका निर्देशक दीपेन्द्र के खनालद्वारा निर्देशित फिल्मका तीन भिन्न भिन्न पोस्टर सार्वजनिक गरिएको हो। यी पोस्टरमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त र रविन्द्र झालाई प्रस्तुत गरिएको छ।

एक पोस्टरमा विपिनलाई चुरोटको बद्माबाट काजु झिकेर खाँदै गरेको देखाइएको छ भने अर्को पोस्टरमा टाई(कोट र कालो चस्मामा ठाटिएका दयाहाङले आकाशतिर हेरेका छन्। त्यसैगरी, अर्को पोस्टरमा वर्षालाई खुसी बनाउन विपिनले लालपुर्जा देखाइरहेको दृश्य छ भने पृष्ठभूमिमा सुरक्षा र रविन्द्र हर्षित मुद्रामा देखिएका छन्।