Friday, October 2, 2026
Home राजनीति मोदीलाई नभेटी फर्कँदै माओवादी अध्यक्ष दाहाल

मोदीलाई नभेटी फर्कँदै माओवादी अध्यक्ष दाहाल

33

काठमाडौँ । शुक्रबारदेखि तीनदिने भारत भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्न पाएनन्। उनी प्रधानमन्त्री मोदीलाई भेट नै नगरी काठमाडौँ फर्कन लागेका हुन्।

आइतबार बिहान उनले भारतीय प्रधानमन्त्री मोदीसँग भेट्ने कार्यक्रम थियो। आइतबार बिहान भाजपा अध्यक्ष जेपी नड्डासँग भाजपा केन्द्रीय कार्यालयमै भेट गरेका माओवादी अध्यक्ष दाहाल मोदीसँग भेट नै नगरी काठमाडौँ फर्कन लागेका हुन्। गत शुक्रबार भारत भ्रमणमा गएका दाहाल आइतबार ६ बजे नेपाल फर्किँदैछन् ।