पालिका परिचयः भीमेश्वर नगरपालिका, दोलखा

60

काठमाडौं । नयाँ नेपाल न्यूजले स्थानीय सरकारको बारेमा जानकारी दिने उद्देश्यले पालिकाको परिचय अभियान सुरु गरेको छ । जसमा आज हामीले दोलखा जिल्लाको भीमेश्वर नगरपालिकाको बारेमा जानकारी लिएर आएका छौं । यस नगरपालिकोको मेयरमा ईश्वर नारायण मानन्धर र उपमेयरमा कमला वस्नेत हुनुहुन्छ ।

भीमेश्वर नगरपालिका नेपालको बागमती प्रदेश अन्तर्गत दोलखा जिल्लाको सदरमुकाममा अवस्थित ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक, प्राकृतिक र पर्यटकीय दृष्टिीकोणले प्रसिद्ध एवम् रमणीय नगरपालिका हो । यो नगरपालिका वि.सं. २०५३ सालमा तत्कालिन चरिकोट, माटी, दोलखा र मकैबारी गाविसहरू समावेस गरेर स्थापना गरिएकोमा वि.सं. २०७३ सालमा पुनः साविकको सुष्पाक्षमावती, बोच र लाकुरीडाँडा गाविसहरू भीमेश्वर नगरपालिकामा थप गरी हालको भीमेश्वर नगरपालिका सङ्घीय स्वरूपमा पुनर्संरचना एवम् पुनर्गठन गरिएको हो । यस नगरपालिकामा ९ वटा वडाहरू रहेका छन् । आफ्नो मूर्तिमा पसिना उत्पन्न गरेर देशमा प्राकृतिक हलचल, अनिष्ट र राजनीतिक परिवर्तनको पूर्वसूचना दिने सहस्र अवतारको देवताका रूपमा परिचित भीमेश्वरको नामबाट यस नगरपालिकाको नामकरण गरिएको छ । यस नगरपालिकाको केन्द्र चरिकोट नेपालको राजधानी काठमाण्र्डौबाट १३३ कि.मि. उत्तरपूर्वमा अवस्थित छ ।

२७ डिग्री ३६ मिनेट उत्तरदेखी २७ डिग्री ४४ मिनेट उत्तरी अक्षांशसम्म र ८५ डिग्री ५८ मिनेट पूर्वदेखी ८६ डिग्री ६ मिनेट पूर्वी देशान्तरसम्म फैलिएको यस नगरपालिकाको क्षेत्रफल १३३ वर्ग कि.मि. रहेका छ भने पूर्व पश्चिम लम्बाई १७ कि.मि.सम्म र उत्तर दक्षिण चौडाइ १० कि.मि.सम्म रहेको छ । यस नगरपालिकाको पूर्वमा वैतेश्वर गाउँपालिका, पश्चिममा सिन्धुपाल्चोक जिल्ला, उत्तरमा कालिञ्चोक गाउँपालिका र सिन्धुपाल्चोक जिल्ला र दक्षिणमा शैलुङ्ग गाउँपालिका पर्दछन् । पहाडी प्रदेश अन्तर्गत पर्ने र न्यूनतम ८४० मिटर (चर्नावती त्रिवेणीधाम) देखि अधिकतम ३५४९ मिटर (गणेश थुम्की) सम्मका उचाइमा रहेका यस नगरपालिकाको केन्द्र चरिकोट १९७० मि. उचाइमा रहेको छ । नगरपालिकाको तल्लो भागमा उतोष्ण हावापानी पाइन्छ भने मध्ये भागमा न्यानो समशितोष्ण हावापानी र माथिल्लो भागमा शितोष्ण हावापानी पाइन्छ ।

वि.सं. २०६८ सालको जनगणना अनुसार नगरपालिकाको जनसंख्या ३२,४८६ (पुरुषः १४,९८० र महिलाः १७,५०६) र घर परिवार ८,६३९ रहेको छ । जातिगत दृष्टिीकोणबाट यस नगरपालिकामा क्षेत्री २९.७४ प्रतिशत, नेवार १८.०६ प्रतिशत, तमाङ १५.६२ प्रतिशत, थामी १२.५५ प्रतिशत, बाहुन ११.०८ प्रतिशत, कामी ३.४१ प्रतिशत, घर्ती÷भुजेल १.९७ प्रतिशत, सार्की १.७६ प्रतिशत र अन्य ५.८१ प्रतिशत जातजातिहरूको बसोबास गर्दछन् । धार्मिक दृष्टिकोणले हिन्दु, बौद्ध र क्रिस्चियन धर्म मान्ने मानिसहरूको बसोबास रहेको पाइन्छ । यस नगरपालिकाको साक्षरता ६८.९१ प्रतिशत (पुरुषः ७९.६२ प्रतिशत र महिला ः ५९.८८ प्रतिशत) रहेको छ ।

जनप्रतिनिधी बारेमा जानकारी

नाम, थर      स्थायी घर ठेगााना                 सम्पर्क नं.
१.नगर प्रमुख ईश्वर नारायण मानन्धर भी.न.पा.- ६,    ९८४३५८८३५२

२. नगर उप-प्रमुख    कमला बस्नेत     भी.न.पा.८,      ९८४४०६०२७१ / ९८५१२४९२७१

वडा न. १

वडा अध्यक्ष -१ माधव थामी,                भी.न.पा.१            – ९८४४२३८०६०
४. खुल्ला पु. सदस्य गंगा बहादुर थामी,      भी.न.पा.१             – ९८६३३२३१९३
५. खुल्ला पु. सदस्य बालकृष्ण राय क्षेत्री,    भी.न.पा.१            -९८५११६९११४
६. खुल्ला म. सदस्य निशा थामी,            भी.न.पा.१               -९८४९४८२०३१
७. दलित म. सदस्य बिष्णुमाया खाती,       भी.न.पा.१              -९८६११७५५७०

वडा न. २

वडा अध्यक्ष, २ स्टालिन श्रेष्ठ,          भी.न.पा.२,      -९८६४००४३२९ / ९७६१४७३६५६
९. खुल्ला पु. सदस्य देवेन्द्र थामी,        भी.न.पा.२        -९८४४३०८००२
१०. खुल्ला पु. सदस्य राजेश श्रेष्ठ,        भी.न.पा.२         -९८६५४८६२४६
११. खुल्ला म. सदस्य मुना श्रेष्ठ,             भी.न.पा.२        -९८४४१९५१८५
१२. दलित म. सदस्य सविना बि.क.,      भी.न.पा.२           -९७४५६५५६५२

 

वडा न. ३

 वडा अध्यक्ष ३ हरिशरण सिवाकोटी,       भी.न.पा.३     -९८४४३०४५४५
१४ खुल्ला पु. सदस्य राम बहादुर बस्नेत,      भी.न.पा.३      -९८४०५८८१६०
१५ खुल्ला पु सदस्य खामसुंग लामा,          भी.न.पा.३        -९८६११६८०६९
१६ खुल्ला म. सदस्य सन्तोषी श्रेष्ठ,           भी.न.पा.३        -९८०२५०७६१६
१७ दलित म. सदस्य सरिता वि.क.,           भी.न.पा.३     -९८४०९१५८५५

वडा न. ४

वडा अध्यक्ष तारानाथ चौलागाईं,           भी.न.पा.४               -९८४४४६५२००
१९. खुल्ला पु. सदस्य कुमार खत्री,        भी.न.पा.४                -९८४५१९१३२७
२०. खुल्ला पु सदस्य कृष्ण कुमार, श्रेष्ठ    भी.न.पा.४                -९८५१२०४०२५
२१. खुल्ला म. सदस्य मेनुका चौलागाईं,    भी.न.पा.४              -९८६४११२७००
२२. दलित म. सदस्य कविता मिजार,      भी.न.पा.४                -९८६११३२४३३

वडा न. ५

वडा अध्यक्ष,  बासु श्रेष्ठ,                    भी.न.पा.५            -९८५१०००९८१
२४. खुल्ला पु. सदस्य बालकृष्ण कुँवर,     भी.न.पा.५          -९८६४०००१८३
२५. खुल्ला पु सदस्य कुमार कार्की,       भी.न.पा.५          -९८६००३२५९७
२६. खुल्ला म. सदस्य एक माया भुजेल,   भी.न.पा.५         – ९८४४०००४०७
२७. दलित म. सदस्य मिना बि.क.,      भी.न.पा.५           -९८४४४२८७०३

वडा न. ६

वडा अध्यक्ष  नविन कुमार लामा,                  भी.न.पा.६     -९८५११५३७७४
२९, खुल्ला पु. सदस्य भरत प्रसाद खतिवडा,     भी.न.पा.६      -९७६४०२६९२४
३०, खुल्ला पु सदस्य दिपक न्यौपाने,              भी.न.पा.६      -९८४४४६५१८२
३१, खुल्ला म. सदस्य सुशिला थापा,                भी.न.पा.६    – ९८४०४६३१०६
३२, दलित म. सदस्य श्रुती भण्डारी बराल,         भी.न.पा.६       -९७४१८९२२१७

वडा न. ७

वडा अध्यक्ष,  बिनोद लामा,                    भी.न.पा.७     -९८४०४००९९७
३४. खुल्ला पु. सदस्य चित्र बहादुर थापा,        भी.न.पा.७     -९८४०६१७५६
३५. खुल्ला पु सदस्य रघुनाथ कार्की,             भी.न.पा.७     -९७४४०३४१९०
३६. खुल्ला म. सदस्य खेम कुमारी श्रेष्ठ,          भी.न.७          -९८४४२११७११
३७. दलित म. सदस्य कविता मुग्राती,            भी.न.पा.७       -९८४५०९३३७०

वडा न. ८

 वडा अध्यक्ष काजी बुढाथोकी,           भी.न.पा.८    – ९८४४१८५६१४
३९. खुल्ला पु. सदस्य जीवन तामांग,     भी.न.पा.८      -९८४१५१००४१
४०. खुल्ला पु सदस्य नम थापा,           भी.न.पा.८      -९८५११३६२१०
४१. खुल्ला म. सदस्य पासांग तामांगनी ,  भी.न.पा.८      -९८०८५४१२२१
४२. दलित म. सदस्य रुकु नेपाली,        भी.न.पा.८       -९८४४१९६५६१

वडा न. ९

वडा अध्यक्ष, हिमाल श्रेष्ठ,            भी.न.पा.९           -९८६२४०६०८८
४४. खुल्ला पु. सदस्य श्याम तामांग,   भी.न.पा.९          -९८५११५१४५०
४५. खुल्ला पु सदस्य गईन्द्र बहादुर श्रेष्ठ,  भी.न.पा.९       -९८४४३०३६३९
४६. खुल्ला म. सदस्य किरण वली,       भी.न.पा.९         -९८४७८०१४४५