कारको ठक्करबाट पैदल यात्रुको मृत्यु

51

काठमाडौं । दाङमा कारको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका वडा नम्बर १० जलौराचोकमा कारको ठक्करबाट स्थानीय २५ वर्षीय देवराज चौधरीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालका अनुसार नारायणपुरबाट पूर्व घोराहीतर्फ जाँदै गरेको बा ०१ –०२५ च ७७६४ नम्बरको कारले चौधरीलाई गए राति करिब पौने १० बजेतिर ठक्कर दिएको थियो। घाइते चौधरीलाई उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो। उनको उपचारका क्रममा राति साढे १० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। शव पोष्टमर्टमका लागि प्रतिष्ठानमा राखिएको छ।