Thursday, September 24, 2026
Home शिक्षा बालबालिकालाई पाठ्यपुस्तक उपलब्ध गराउन माग

बालबालिकालाई पाठ्यपुस्तक उपलब्ध गराउन माग

80

काठमाडौँ । कर्णाली प्रदेशका बालबालिकालाई तत्काल पाठ्यपुस्तक उपलब्ध गराउन माग गरिएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद दुर्गा गुरुङले कर्णालीमा अझै पनि बालबालिकाले पाठ्यपुस्तक नपाएकाले पाठ्यपुस्तक माग गरिन्। “कर्णालीका बालबालिकाले अझै पूर्णरूपमा पाठ्यपुस्तक पाउन सकेका छैनन्” उनले भनिन्, “त्यसैले तत्काल पाठ्यपुस्तक उपलब्ध गराइयोस् भनी माग गर्दछु ।”

यस्तै उनले सुर्खेत नगरपालिकाका १६ वटै वडामा पक्की सडक बन्न नसकेको, पटक–पटक बिजुली जाने समस्या रहेको भन्दै यी विषयहरूप्रति सरकारको ध्यानाकर्षण गराइन्। सांसद गुरुङले कर्णाली प्रदेशलाई प्राथमिकतामा राखेर मल वितरण गर्न सरकारको ध्यानाकर्षण गराइन्।

सांसद मोहम्मद खालिनले किसानलाई द्रुतमार्गमार्फत मलको व्यवस्था गर्नुपर्ने धारणा राखे । सांसद उदयबहादुर बोहराले गए राति करिब साँझ ८ बजे सल्यानको छत्रेश्वरी गाउँपालिका–६ का स्थानीय व्यापारी विद्या भूषण डाँगीको घरमा बिजुली सर्ट भई घर र पसलमा क्षति भएकाले निजलाई क्षतिपूर्तिको माग गरे।