भक्तपुर । चाणक्य स्कूल एवं कलेजले जुनियर बास्केटबल टुर्नामेन्ट-२०८० को आयोजना गर्ने भएको छ ।यहीँ फागुन ८ गतेदेखि चाणक्य जुनियर बास्केटबल टुर्नामेन्ट २०८० को आयोजना गर्ने भएको छ । “हामी चाणक्य, हाम्रो बास्केटबल”भन्ने नारा सहित चाणक्य जुनियर बास्केटबल टुर्नामेन्टको आयोजना गर्न लागेको चाणक्य सेकेण्डरी स्कूलका प्रिन्सिपल गणेशबाबु पोखरेलले बताए ।
५ दिन हुने यस टुर्नामेन्ट २०८० मा ८ वटा स्कूलले भाग लिने भएका छन् । यो टुर्नामेन्ट दुई वटा ग्रुपमा हुने भएको छ । ग्रुप ए मा श्री सन्जयसाई विद्या मन्दिर, माउन्टे सिनेल ई.बो.स्कूल, एभरेस्ट ई.स्कूल र दिविए दिप ज्योति ई.से.स्कूल रहेको छ भने ग्रुप बी मा युनिक नेपाल एकेडेमी, न्यातापोल से.स्कूल, जनप्रेमी वल्र्ड स्कूल र चाणक्य से.स्कूल रहेको छ ।
टुर्नामेन्टमा हरेक स्कूलबाट ४ फिट १० इन्चसम्मका छात्रहरुको सहभागी रहने भएको छ भने यस टुर्नामेन्टको व्यवस्थापन समितिमा चाणक्य सेकेण्डरी स्कूलका प्रिन्सिपल गणेशबाबु पोखरेल र चाणक्य कलेजका बासुकीराज रेग्मी रहेका छन् ।