Saturday, September 26, 2026
Home समाचार नुहाउने क्रममा एक बालक बेपत्ता

नुहाउने क्रममा एक बालक बेपत्ता

131

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–१० झलारीका १३ वर्षीय रघुवीर जोशी खोलामा नुहाउने क्रममा बगेर बेपत्ता भएका छन्। स्थानीय टोटी खोलामा नुहाउने क्रममा बालक बुधबार साँझ बेपत्ता भएका हुन्।

झलारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहका अनुसार खोलाको किनारामा कपडा र चप्पल फेला परे पनि बालकको अवस्था अहिलेसम्म पत्ता लाग्न सकेको छैन।‘खोलाको किनारामा बालकको कपडा र चप्पल फेला परेको छ,’ उनले भने, ‘गोताखोर टोलीले बाढी आएको खोलामा खोजतलास गरे पनि अझैसम्म बालकलाई भेटाउन सकेको छैन।’ खोजी कार्य आज पनि जारी रहेको प्रहरी निरीक्षक सिंहले बताएका छन्।