Wednesday, September 23, 2026
Home अन्तर्राष्ट्रिय १७ वटा शव भेटियो

१७ वटा शव भेटियो

60

काठमाडौ । दक्षिण अफ्रिका इस्ट लन्डन सहरको एउटा रात्रिकालीन क्लबमा कम्तीमा १७ जनाको शव फेला परेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।ती शवहरू आइतवार सबेरै फेला परेका थिए र कैयौँ अरू घाइते भएको हुनसक्ने ठानिएको छ।
“कुन परिस्थितिमा उक्त घटना भयो भन्ने विषय अनुसन्धानकै क्रममा छ,” एक प्रहरी प्रवक्ताले न्यूजरूम अफ्रिका टेलिभिजन च्यानलसँग भनेका छन्। “हामी अहिलेको विन्दुमा कुनै अनुमान गर्न चाहँदैनौँ,” ब्रिगेडिअर टिम्बिनकोशि किनानाले भने।